प्रदीप कुमार दास,
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा न.६ माधोपुर बजारको मठमा बालबिबाह तथा दाइजो प्रथा अन्त्यका लागि स्थानिय महिला, जनप्रतिनिधि, धार्मिक अगुवा बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त एकदिवसीय कार्यक्रम वर्ल्ड भिजन इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र निरन नेपालको आयोजनामा बालबिबाह तथा दाइजो प्रथा अन्त्यका लागि स्थानिय महिला, जनप्रतिनिधि, धार्मिक अगुवा बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरू र निरन नेपालका जिल्ला सचिव शिवशंकर पासवान , पास्टर दीपक श्रेष्ठ ,स्थानिय महिला, जनप्रतिनिधि, धार्मिक अगुवा ,धर्म गुरुहरू ,पत्रकार ,बालबालिका लगायत विभिन्न अभिभावकहरुको सहभागिता रहेको थियो । दाइजो प्रथा का कारण हाम्रो समाजमा अगन्य विकृतिहरू बढेको र समाजमा दाइजो नल्याएको भन्दै महिला हिँसा बढ्दै गएको धार्मिक अगुवा तथा स्थानीय जनप्रतिनिधिहरूको भनाई रहेको थियो ,
यसलाई हामी सबै मिली जाँदै देखि हटाउन तिर लगनू पर्छ भनी जनाएका थिए । यो समाजमा एक ठुलो भयानक रोग जस्तो भएको हो त्यस कारणले यस बालबिवाह र दाईजो प्रथालाई जडैदेखि उखालेर फ्याल्दा हाम्रो समाज राम्रो हुन्छ भनि उपस्थित भएका मािनसहरुको भनाई रहेको थियो । उपस्थित भएका धर्मगुरु र स्थानिय महिला, पुरुष र भद्रभलादमिहरु बाचा समेत गरेका थिए ।