वर्तमानकाल सम्वाददाता
फाल्गुन २४, रौतहट
रौतहटको चन्द्रपूर नगरपालिकामा स्थापना भएको बिधुतीय चार्जिङ स्टेशनको बुधबार परिक्षण भएको छ । चन्द्रपूर नगरपालिका र मधेश प्रदेश सरकारको नबप्रबद्धन साझेदारी कोष बाट २ करोड ७५ लाख रुपैयाँ लागतमा चार्जिङ स्टेशन निर्माण भएको हो । निर्माण भएको लामो समय पछि बिधुतीय चार्जिङ स्टेशनको परिक्षण भएको हो । निर्माण भएको चार्जिङ्ग सेन्टर डिसी फास्ट रहेको छ ।
पुर्ब पश्चिम राजमार्गमा चल्ने बिधुतीय चार्जिङ्ग सबारी साधनको लागि सेन्टर उपयोगी हुनेछ । मधेश प्रदेशकै सबैभन्दा ठूलो चार्जिङ स्टेशनको रुपमा निर्माण भएको बिधुतीय चार्जिङ्ग सेन्टरले पेटूोलियम पदार्थको आयात कम गर्न र आफ्नै देशमा उत्पादन भएको विजुली बेच्न सघाउ पुग्ने चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफलेले बताउनु भयो । उहाले चाडै उदघाटन गरेर ब्यबसायीक प्रयोजनमा ल्याइएने बताउनु भयो ।
चार्जिङ स्टेशनमा २ वटा ३०÷३० किलोवाटको सीसीएस(२ र २ वटा जिबीटी पोर्ट रहेका छन् । सेन्टरमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन चार्ज गर्न अरु ६ वटा गन प्रयोग गरिएको जनाइएको छ । सेन्टरमा आउने बिधुतीय सबारी साधन एक पटकमा १० वटाले चार्जिङ सुविधा पाउने छन् । परिक्षणमा चन्द्रपुरका दिवाकर सापकोटाको सबारी साधन प्रयोग गरिएको छ ।
चन्द्रपुरमा निर्माण भएको बिधुतीय चार्जिङ्ग सेन्टरले बिकल्प मात्र हैन राहत समेत दिएको छ । यसले गर्दा रौतहट स्थित रहेका थुप्रै सवारी साधानलाई चार्ज यो भन्दा अघि हेटौडा तथा बिरगंज जानु पर्ने भएका थिए । तर रौतहटमा निर्माण भएपछि यस भेगका सवारी साधन लगायत यसबाट पुर्व पश्चिम जाने सवारी साधनहरुलाई चार्ज गर्न सहुलियत भएको देखिन्छ ।,