रौतहट । चैत २३ गते ।
रौतहटका पत्रकार कृष्ण तिवारी सम्मानित भएका छन् । रौतहट टाईम्स साप्ताहिक पत्रिकाको २६ औँ बार्षिकोत्सवको अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्रकार कृष्ण तिवारी लाई कदरपत्रबाट सम्मानित गरेका हुन् ।
रौतहटमा बसेर सुशासनको क्षेत्रमा कलम चलाउँदै आएको भन्दै नेपाल पत्रकार माहासंघको सचिव तथा रौतहट टाईम्स साप्ताहिकका साम्पादक गोविन्द चौलागाईले पत्रकार तिवारीलाई सम्मानित गरेको बताइएको छ ।
पत्रकार तिवारी पछिल्लो एक दशकभन्दा बढी समयदेखि रौतहटमा बसेर सक्रिय पत्रकारिता गर्दै आएका छन् । सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल सरकारका संघिय मामिला तथा समान्य प्रसाशन मन्त्री भानुभक्त जोशी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।