वर्तमानकाल सम्वाददाता
चैत २६ गते ।
रणवीर कपुरलाई बारम्बार सोधिने एउटा प्रश्न उनको हलिउड डेब्यू पनि हो । हालै एउटा अन्तर्वार्ता रणवीर कपुरले आफू हलिउडमा नजाने बताएका छन् । हलिउड फिल्ममा खेल्नुको सट्टा भारतीय सिनेमामा योगदान दिन चाहने उनको भनाई थियो । आफू हिन्दी भाषामा सहज भएको पनि उनले बताए । गत वर्ष रिलिज भएको फिल्म ‘एनिमल’ रणवीर कपुरको करियरमा माइलस्टोन फिल्म साबित भयो ।
चलचित्रले बक्स अफिसमा शानदार कमाई ग¥यो । सन्दीप रेड्डी वाङ्गाको निर्देशनमा बनेको यो फिल्ममा रणवीर कपूर विल्कुल फरक भूमिकामा देखिएका थिए । फिल्ममा रणवीर कपुरको पात्रलाई ‘डोमिनेटिङ’ पनि भनिएको थियो । फिल्म र रणवीरले निर्वाह गरेको पात्र दुबैले निकै आलोचना खेप्नु प¥यो । तर पनि फिल्मलाई विश्वभरनै दर्शकहरूले मन पराए । एनिमलको सफलतापछि रणवीर कपुरलाई प्रायः सोधिने प्रश्न हलिउडमा उनको डेब्यू हो । तर रणवीर कपुर भने बलिउड फिल्ममा मात्रै आफूलाई सहज ठान्छन् । ‘म बलिउडमा आफ्नो नाम बनाउने प्रयासमा छु ।
मलाई लाग्छ किसाँच्चै संसारभर आफ्नो लागि नाम बनाउन चाहने हो भने आफ्नो संस्कृति र चरित्रअनुसार गर्नुपर्छ,’ रणवीर कपुरले भनेका छन् । आजभोलि रणवीर कपुर निर्देशक नितिश तिवारीको फिल्म ‘रामायण’को कारण चर्चामा छन् । यो चलचित्रको छायांकन सुरु भइसकेको छ । यस फिल्ममा रणवीर कपुर भगवान् रामको भूमिकामा देखिनेछन् । यसबाहेक उनले निर्माता निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’मा पत्नी आलिया भट्टसँग पनि स्क्रिन सेयर गर्ने छन् ।
‘एनिमल’को सिक्वेल ‘एनिमल पार्क’को पनि तयारी भइरहेको छ । फिल्म ‘स्पिरिट’को छायांकन सकिएपछि सन्दीप रेड्डी वांगाले ‘एनिमल पार्क’ मा काम सुरु गर्ने भएका छन् । केही दिनअघि नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म रामायणको सेटबाट केही तस्बिर र भिडियो लिक भए । सामाजिक सञ्जालमा यी तस्बिर र भिडियोहरू भाइरल भए । यसरी तस्बिर र भिडियो लिक भएको नितेश तिवारीलाई पटक्कै मन परेको छैन ।
यस्तो घटनाहरू दोहोरिन नदिन निर्देशकले सेटमा फोन ल्याउनै नपाउने नियम लगाइदिएका छन् । सुटिङ सुरु भएपछि अतिरिक्त कर्मचारी र टोलीलाई सेट बाहिरै बस्न निर्देशन दिइएको फिल्मसम्बद्ध एक स्रोतले बताएको भन्दै इन्डिया टुडेले समाचार छापेको छ । सिनका हिसाबले चाहिने स्टार र प्राविधिकलाई मात्र सेटमा बस्न भनिएको छ । बाँकी सबैलाई प्रवेशमा रोक लगाइएको छ ।
दशरथको भूमिकामा अरुण गोभिल र कैकेयीको रुपमा लारा दत्त केही दिनअघि फिल्म सेटबाट केही तस्बिर भाइरल भएका थिए । सानो पर्दाका राम अरुण गोभिल यो फिल्ममा राजा दशरथको भूमिकामा देखिने तस्बिरबाट थाहा भएको छ । रानी कैकेयीको भूमिकामा लारा दत्तले अभिनय गरिरहेको बताइएको छ । पिंकभिलाको रिपोर्ट अनुसार फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको फिल्मसँग सम्बन्धित स्रोतले बताएको छ ।