वर्तमानकाल सम्वाददाता
बैशाख १० गते ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औँ खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १ रनले पराजित गरेको छ । प्रतियोगितामा बैंगलुरुको यो लगातार सातौँ हार हो । अन्तिम ओभरमा करन शर्माले तीन छक्का हिर्काउँदै टोलीलाई नाटकीय जित नजिक पु¥याए पनि टोलीले अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउँदै खेल हार्न पुग्यो । बैंगलुरुका लागि विल ज्याक्स र रजत पटिदारले अर्धशतीकय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
विलले सर्वाधिक ५५ रन बनाए । उनले ३२ बलमा ४ चौका र ५ छक्का हिर्काए । रजतले २३ बलमा ५२ रन बनाए ।
दिनेश कार्तिकले २५ रन तथा सुयश प्रभुदेसाईले २४ रनको योगदान दिए । कोलकाताका लागि आन्द्रे रसलले ३ तथा सुनिल नरेन र हर्षित रानाले २–२ विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो ।
कोलकाताका लागि कप्तान श्रेयर ऐयरले सर्वाधिक ५० रनको योगदान दिए । उनले ३६ बलमा ७ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, ओपनर फिल साल्ट १४ बलमा ४८ रन बनाए । उनले चौका र ३ छक्का प्रहार गरे । यसैगरी आन्द्रे रसलले २७ तथा
रिंकु सिंह र रमनदीप सिंहले २४–२४ रन बनाए । बैंगलुरुका लागि यश दयाल र क्यामरुन ग्रिनले २–२ विकेट तथा मोहम्मद सिराज र लोकी फर्गुसनले १–१ विकेट लिए ।