वर्तमानकाल सम्वाददाता
बैशाख १५ गते ।
गएको वर्ष रिलिज भएको बलिउड स्टार शाहरुख खानको फिल्म जवानले ठुलो शानदार कमाई ग¥यो । दर्शकहरूले यसको कथा निकै मन पराए । फिल्मको स्टन्टले दर्शकको मनमा अलग्गै छाप छोडेको थियो । यो फिल्मबाट शाहरुखले ब्याक टू ब्याक शानदार पुनरागमन गरे । वर्षको पूर्वाद्र्धमा रिलिज भएको आफ्नै फिल्म पठानको रेकर्ड उनले तोडे । जवान टौरस वर्ल्ड स्टनटन अवार्डमा मनोनीत भएको छ ।
उत्कृष्ट स्टन्टको लागि मनोनयन
टौरस वर्ल्ड स्टन्ट अवार्डमा जवान उत्कृष्ट स्टन्टका लागि छनोट भएको छ । शानदार स्टन्टका लागि फिल्मले फिल्मफेयर अवार्ड २०२४ र जी सिने अवार्ड २०२४ जस्ता अवार्ड समारोहमा पनि अवार्ड जितेको थियो । टौरस वर्ल्ड स्टन्ट अवार्ड स्टन्टको ओस्कार जस्तै हो । जोन विक च्याप्टर ४, मिशनः इम्पोसिबल–डेड रेकनिङ, एक्स्ट्रेक्सन–२ र ब्यालेरिना जस्ता ठूला चलचित्रहरूसँगै जवान पनि यसमा मनोनयन भएको छ । यो फिल्मका लागि अर्काे ठुलो उपलब्धि हो ।
यसबाहेक जवानले दादासाहेब फाल्के अवार्ड पनि जितेको छ । फिल्मलाई दर्शकहरूले निकै मन पराएका थिए । २०२३ मा आईएमडीबीमा यो सबैभन्दा चर्चित भारतीय फिल्मको सूचिमा शीर्ष स्थानमा थियो । फिल्मले बक्स अफिसमा १ हजार १५९ करोड भारुभन्दा बढीको कमाई गरेको थियो ।
जवान रेड चिलीज इन्टरटेनमेन्टको प्रस्तुतिमा एटलीले निर्देशन गरेको फिल्म हो । गौरी खानले निर्माण गरेको यो फिल्मलाई गौरव बर्माले सह–निर्माण गरेका हुन् । फिल्म सेप्टेम्बर ७, २०२३ मा हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभरका थिएटरमा रिलिज गरिएको थियो । त्यसतै फ्यानहरू गोविन्दालाई ठुलो पर्दामा हेर्न आतुर छन् । उनले आफ्ना कैयौँ फिल्ममा दर्शकलाई पेट मिचिमिची हँसाएका छन् । उनी चलचित्रबाट टाढा रहेको पाँच वर्षभन्दा बढी भइसकेको छ । दर्शकहरू उनको पुनरागमनको प्रतीक्षामा छन् । उनी पछिल्लो पटक २०१९ मा रिलिज भएको फिल्म ‘रंगीला राजा’ मा देखिएका थिए ।
यसैबिच, फिल्म निर्देशक तथा लेखक अनीस बज्मीले गोविन्दा ठुलो पर्दामा फर्किने कुरा गरेका छन् । अनीस र गोविन्दाले
धेरै फिल्ममा सँगै काम गरिसकेका छन् । अनीस बज्मीले अभिनेता गोविन्दाका कयौँ फिल्मको कहानी लेखेका छन् । जसमा राजा बाबु, आँखे, दीवाना मस्ताना र शोला और शबनम आदि समावेश छन् ।
हालैको एक अन्तरवार्तामा अनीस बज्मीले गोविन्दाको कमिक टाइमिङको तारिफ गरेका थिए । अनीसले उनलाई उत्कृष्ट अभिनेता पनि बताए । गोविन्दासँग काम गर्न चाहने धेरै छन् । गोविन्दाको फिल्ममा फर्किने प्रश्नमा अनीस बज्मीले भनेका थिए गोविन्दासँग काम गर्न चाहने उनी एक्लो होइनन् । उनीसँग काम गर्न चाहने धेरै छन् । सँगै काम गर्ने मौका मिल्यो र उक्त फिल्ममा गोविन्दाले विशेष भूमिका खेल्नुपर्छ भन्ने लागेको दिन आफूले उनीसँग सम्पर्क गर्ने बताए ।