रमेश कुमार यादब
बैशाख १५, रौतहट
राष्टिूय हाति पाईले रोग निवारणका लागि आम औषधी सेवन अभियान अन्तर्गत रौतहटमा तयारी सुरु भएको छ । बृन्दावन नगरपालिकामा बैशाख १६ गते देखि सुरु हुन लागेको यो अभियान दुई सातासम्म चल्ने जनाईएको छ । बृन्दावन
नगरपालिकामा हात्ती पाईले रोग निवारण सम्बन्धी सरोकारवालासंग योजना तर्जुमा तथा बहुनिकाय गोष्ठि शनिबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । राष्टिूय हाति पाईले रोग निवारणकालागि आम औषधी सेवन अभियान अन्तर्गत गोष्ठीको आयोजना गरिएको बृन्दावन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रास नरायण पटेलले जानकारी दिएका छन ।
गोष्ठीमा स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख पटेलले हात्तीपाईले रोगको औषधि पूर्ण रुपमा वैज्ञानिक र विश्वले प्रमाणित गरेको औषधि भएकाले सुत्केरी र जटील रोग लागेका व्यक्ति बाहेक सबै उमेर समूहका स्वास्थ्यकर व्यक्तिले खान सक्ने जानकारी दिएका छन । हात्ती पाईले रोगबाट बच्न दुई देखि पाँच बर्ष उमेर समूहका व्यक्तिले डि.ई.सी औषधि र अल्वेण्डाजेल एक÷एक चक्की ,६ देखि १४ बर्ष उमेर समूहका व्यक्तिले डि.ई.सी.२ चक्की र अल्वेण्डाजेल एक चक्की र १५ बर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुले डि.ई. सी.तीन चक्की र अल्वेन्डाजेल एक चक्की सेवन गर्नुपर्ने स्वास्थ्य प्रवर्धन शाखाका शाखा प्रमुख पटेलले जानकारी दिएका थिए ।
फाइलेरीया परिजिबीबाट लाग्ने हात्तीपाईले रोग लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे
रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने शाखा प्रमुख पटेलले बताए । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उनको भनाइ छ ।
गोष्ठीको औपचारिक कार्यक्रमको उद्घाटन बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले गरेका थिए । कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख कुर्मिले भने स्वास्थ्यकर्मीहरु मानिसको घरघरमा गई आफनै आखाँ अगाडि नै व्यक्तिहरुलाई औषधि खुवाउनु पर्ने निर्देशन समेत दिएका थिए । शिक्षित र अशिक्षित दुबै समूहका व्यक्ति अज्ञानताबस औषधिको सेवन नगर्ने गरेका कारण त्यस्तो धारणालाई चिर्नमा सबैले आ(आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिएका थिए ।
नगर प्रमुख कुर्मिको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, बिद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी यो औषधी खुवाइनेछ । कार्यक्रममा जनप्रतिनिधिहरु, स्वास्थ्य कार्यालयका कर्मचारी, महिला स्वयम्सेवक, स्थानिय भद्रभलादमी, सुरक्षाकर्मि र संचारकर्मि लगायतको सहभागिता रहेको थियो ।