वर्तमानकाल सम्वाददाता
बैशाख २० गते ।
बाहुबली भारतीय सिनेमाको सर्वाधिक हिट फिल्ममध्ये पर्दछ । यो फिल्मले दक्षिण भारतीय फिल्मलाई हिन्दी भाषा बोलिने भेगमा मात्रै नभएर विश्वभर नै छुट्टै पहिचान दिन सफल भयो । दर्शकहरू अहिले पनि फिल्मको तेस्रो भाग कुरिरहेका छन् । फिल्मको पहिलो भाग ‘बाहुबलीः द बिगिनिङ’ सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्मलाई दर्शकले यति रुचाए कि कयौं महिनासम्म हलमा यो फिल्म चलेको थियो ।
सन् २०१७ मा यस फिल्मको दोस्रो भाग ‘बाहुबली २ द कन्क्लुजन’ आयो । यो फिल्मले पनि बक्स अफिसमा शानदार कमाई ग¥यो । यो फिल्मले कमाइको हिसाबले धेरै फिल्मको कीर्तिमान तोड्यो । अब निर्देशक राजामौली बाहुबलीको एनिमेटेड सिरिज लिएर आउँदैछन् ।
निर्देशक एसएस राजामौलीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट जारी गर्दै यो सिरिजको घोषणा गरेका हुन् । यस सिरिजको नाम ‘बाहुबली द क्राउन अफ ब्लड’ हो । यो एक एनिमेटेड सिरिज हुनेछ । राजामौलीले आफ्नो एक्स अकाउन्टमा भिडियो शेयर गरेर यो जानकारी दिएका छन् । यो भिडियोको ब्याकग्राउण्डमा बाहुबलीको नारा सुनिन्छ ।
‘जब महिष्मतिका मानिसहरू उनको नाम जप्छन् तब ब्रह्माण्डको कुनै शक्तिले उनलाई फर्किनबाट रोक्न सक्दैन ।’ भिडियो शेयर गर्दै राजामौलीले लेखेका छन् । एनिमेटेड सिरिज ‘बाहुबली क्राउन अफ ब्लड’ को ट्रेलर चाँडै आउँदैछ । यसको कथा के हुनेछ र यसमा कलाकार को–को हुनेछन् भन्ने खुलाइएको छैन ।
् यसमा कुन कलाकारको स्वर र लुक्स देखाइने छ भन्ने पनि बताइएको छैन । ‘बाहुबलीः क्राउन अफ ब्लड’ घोषणा भएपछि फ्यानहरू निकै उत्साहित छन् । एनिमेटेड सिरिजको घोषणा भएदेखि नै फ्यानहरू यसबारे जान्न उत्सुक छन् ।
यो शृङ्खला कहिले रिलिज हुन्छ र यसमा कुन–कुन कलाकारको अभिनय रहनेछ भन्ने उनीहरू जान्न खोजिरहेका छन् । एक फ्यानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुपर बाहुबली’ ।
अर्का प्रयोगकर्ताले यो नेटफ्लिक्समा आउने हो कि भनेर सोधेका छन् । अर्का एक जनाले ‘हाम्रो बाहुबली आइसकेको छ’ भन्दै प्रतिक्रिया दिएका छन् । त्यसतै बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको सम्बन्धी घटनामा पक्राउ परेका आरोपी अनुज थापनको मृत्यु भएको छ । अभिनेताको बान्द्रास्थित घरबाहिर गोलीबारी गर्नेहरूलाई हतियार दिएको आरोपमा अनुजलाई
प्रहरीले पक्राउ गरेको थियो । उनले हिरासतमै आत्महत्याको प्रयास गरेको र तत्कालै नजिकैको अस्पताल लगिएको भए पनि मृत्यु भएको मुम्बई प्रहरीले बताएको छ ।