बर्तमानकाल सम्वाददाता
बैशाख २०, रौतहट
रौतहट जिल्लास्थित लाल बकैया नदीलगायत स(साना खोला नाला सुक्न थालेपछि चौपाया र चराचुरुङ्गी मर्न थालेका छन् ।करिब दुई महिना अगाडिदेखि लाल बकैया नदीलगायत स–साना सुकेका छन् । पछिल्लो पटक २०७९ साल फागुन महिनामा पानी परेको थियो । त्यसपछि लगातार तापक्रम दैनिक बढिरहेको छ । मङ्गलवार रौतहटको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले सामान्य मानिसको जनजीवनलगायत सबै सजीव प्राणी बोट बिरुवाको साथै बाली नालीमा समेत असर परेको छ ।
यसैबिच पानी खान नपाएर जिल्लाका देवाही गोनाही नगरपालिका ( २ स्थित एउटा जङ्गली चौपाया घोडगदाहा मृत अवस्था फेला
परेको स्थानीयहरूले बताएका छन् । प्राकृतिक खोला नदी सुकी सकेका कारण जङ्गली जनावर छाडा पशुपक्षी पानी खान नपाएर मर्न थालेको स्थानीयहरुले बताएका छन । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरी पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउनुपर्ने स्थानियवासिहरुको भनाई छ ।
लाल बकैया नदीको दायाँ बायाँ करिब ५ ÷५ किलो मिटर दुबैतर्फ दुरीमा निजी तथा सार्वजनिक पोखरी नरहेका कारण जङ्गली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले स्वीकार गरेका छन । मधेसमा पानीको समस्या बढ्दै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसो चापाकल सुक्ने र मानिसलाई पानी खानसमेत समस्या हुने बताए ।
चौपाया तथा जङ्गली जनावर चराचुरुङ्गीलाई आफूले स्थानीय स्तरबाट जन श्रमदान गरी सुकी सकेको लाल बकैया नदीमा पोखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलले आग्रह गरे ।