बैशाख २१ गते ।
धेरै चिनी खाँदा मधुमेहको जोखिम त छँदैछ, यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । पेय पदार्थ, मिठाइ, केक लगायत धेरै खानेकुरामा चिनीको प्रयोग गरिने भएकाले यसबाट सजिलै टाढा रहन पनि गाह्रै पर्छ । प्राकृतिक रुपमा पाइने फलफूल, मह, उखु जस्ता खानेकुरामा चिनीको मात्रा हुने भएकाले प्रशोधित चिनी सकेसम्म प्रयोग नगर्दा स्वास्थ्यका लागि फाइदाजनक छ । अत्यधिक चिनीको सेवनले शरीरलाई यी ५ किसिमले हानि गर्छ ।
कलेजोको समस्या हुने
चिनीको सेवन धेरै गर्नाले कलेजोमा समस्या हुनसक्छ । वास्तवमा जब हामी चिनी धेरै खान्छौं, तब शरीरमा बढी भएको चिनी फ्याटमा परिवर्तन हुन्छ । बढी भएको फ्याट कलेजोको आसपास जम्मा हुन्छ, जसले गर्दा कलेजो बिग्रिने जोखिम बढ्छ । यसले इन्सुलिन प्रतिरोध, डिस्लिपिडेमिया (अतिरिक्त ट्राइग्लिसराइड्स), उच्च रक्तचापको जोखिम बढाउँछ । जुन कलेजोको लागि पनि हानिकारक हुन्छ ।
चिनीले दिमागमा भ्रम पैदा गर्छ
अत्यधिक चिनी खाँदा शरीरलाई मात्रै नभएर मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । चिनीले न्युरोट्रान्समिटरलाई असर गर्ने गर्छ र यसले गर्दा बिर्सिने समस्या र भ्रम पैदा हुने, अलमल हुने र मन बेचैन हुने हुनसक्छ, जसकारण डिमेन्सिया र अल्जाइमर्सजस्ता मानसिक समस्याको जोखिम हुन्छ ।
तौल बढ्ने
चिनीको अत्यधिक सेवनले शरीरमा बोसो जम्न पुग्छ, जसले मोटोपनको समस्या निम्त्याउँछ । किनकि चिनीमा भएको अत्यधिक क्यालोरीको कारण तौल बढ्छ । साथै क्यालोरी धेरै खाने र त्यसअनुसार शारीरिक व्यायाम नहुनाले तौल बढ्छ ।
बुढ्यौलीका लक्षण चाँडै देखिने चिनीको सेवनले शरीरमा इन्फ्लामेसन (सुजन) हुन्छ र कोलाजन प्रोटिन (यो शरीरमा पाइने रेसादार प्रोटिन हो) टुक्रिने गर्छ । जसकारण छालाको लचिलोपन कम भएर चाउरी पर्न थाल्छ । चिनी खाँदा छालाको चमक पनि कम हुन्छ र छालामा चाउरीपन बढ्न थाल्छ ।
शरीर सुन्निने समस्या
चिनी धेरै खाँदा शरीर सुन्निने समस्या हुन्छ । त्यस्तै चिनी धेरै खानाले शरीरमा इन्सुलिन प्रतिरोध बढाउँछ । बिहानको चियादेखि मिठाईसम्म । चिनीले हाम्रो खानामा मात्रै होइन, जीवनमा पनि मिठास थप्छ । यो चिनीबिना हामीले मिठाई, चकलेट, केक वा सफ्ट ड्रिंक्स जस्ता खानेकुरा खान पाउने थिएनौं । तर यो चिनी कहाँबाट उत्पादन भयो हाम्रो भान्सासम्म कसरी आइपुग्यो त ?उखुको रसबाट सक्खर र त्यसपछि खैरो चिनी पहिले भारतमा बन्न थाल्यो ।
भारत र विदेशका ऐतिहासिक पुस्तक र विभिन्न रिपोर्टले यसको प्रमाण दिन्छ । ‘द कन्भर्सेसन’ नामक बेलायतको मिडिया आउटलेट नेटवर्कमा प्रकाशित ‘ए हिस्ट्री अफ सुगर ः द फुड नोबडी नीड्स, बट एवरी क्रेभ्स’ नामक अनुसन्धान प्रतिवेदनका अनुसार भारतमा करिब २५ सय वर्षअघि अर्थात् ५०० ईसापूर्वमा चिनी बनाइएको थियो ।यहाँबाट यसलाई बनाउने प्रविधि पूर्वतर्फ चीनतर्फ फैलिएको थियो र इरान हुँदै मध्यपूर्वसम्म पुग्यो । प्रथम शताब्दीमा ‘नेचुरलिस हिस्टोरिया’ नामक विश्वकोष लेख्ने इतिहासकार प्लिनी द एल्डरले भारतीय चिनीलाई अरबमा बनेको चिनीभन्दा राम्रो भएको बताएका थिए ।
भनिन्छ, सातौं शताब्दीमा पहिलो पटक अरब व्यापारीहरूमार्फत चिनी भारतबाहिर मध्यएसियामा पुगेको थियो, जहाँ यसको धेरै प्रयोग भएको थियो । इजिप्टका कालिगढहरूले ब्राउन सुगरबाट दानेदार सेतो चिनी, चिनी क्यान्डी नगेट्स र बटाशेस बनाउने तरिका पत्ता लगाए र यो ११ औं शताब्दीमा युरोपमा पुग्यो ।
पोर्चुगलका व्यापारीहरूले सन् १५०५ मा क्यारिबियनमा पहिलो चिनी कोलोनी स्थापना नगर्दासम्म विश्वभरका अधिकांश मानिस यसको स्वादबारे अनभिज्ञ थिए ।मुगलकालमा चिनीलाई सेतो, दानेदार चिनीमा परिणत गर्ने प्रविधि चीनबाट भारत पुग्यो त्यसैले यसलाई यहाँ ‘सुगर’ भनिन्छ । भारतमा पहिलो चिनी मिलको स्थापनाको प्रारम्भिक रेकर्ड सन् १६१० मा छ ।
१६ औं शताब्दीअघि चिनी यति मूल्यवान थियो कि शासकहरू र ठूला व्यापारीहरूले मात्र यसमा पहुँच पु¥याउन सक्थे । यस समयमा यसलाई ‘सेतो सुन’ पनि भनिन्थ्यो । साम्राज्यवादी विस्तार र व्यापारको समयमा चिनी बिस्तारै आम नागरिकमा पुग्यो ।