रमेश कुमार यादब
बैशाख २२,रौतहट
गरुडा नगरपालिकाले नगरक्षेत्र अन्तरगतका बिपन्न गरिब परिवारका छोरीको बिहेमा नगद आर्थिक सहयोग गरेका छन ।अतिविप्पन तथा दलित गरिब परिवारको छोरीको विहेमा ठूलो आर्थिक समस्या हुने गरेको कारण नगरपालिकाले त्यस्ता परिवारलाई आर्थिक सहयोग गरेको हो । नगरप्रमुख कन्थमनि प्रसाद जैसवालले एक समारोहबीच शुक्रवार २ जनालाई जनही २० हजारको चेक हस्तारन्तरण गरेका थिए ।
गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुर निवासि बुनि महरा चमारको छोरी सियासुन्दर र सोहि नगरपालिका बस्ने सितावी हजार तथा श्रीमति पतिया कुमारी देवीको छोरी रेणु कुमारीको बिहेका लागी नगर प्रमुख जैसवालले आफ्नै कार्यकक्षमा चेक हस्तान्तरण गर्नु भएका थिए । नगर प्रमुख जैसवालका अनुसार, यस प्रकारको आर्थिक सहयोगले गरिब परिवारहरूलाई उनीहरुका छोरीको विवाहमा आर्थिक बोझ हल्का पार्न मद्दत पुग्ने बताउनु भयो ।
मेयर जैसवालका अनुसार यो योजना विशेष गरी गरिब तथा दलित समुदायका छोरीहरुलाई लक्षित गरी तयार पारिएको हो। यो कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख जैसवालले शुक्रबार दुई जना योग्य परिवारहरूलाई चेक हस्तान्तरण गरेका छन । उनले यस कार्यक्रमको माध्यमबाट गरिब तथा दलित परिवारहरुलाई समाजमा अधिक सम्मान तथा समानता प्रदान गर्ने उद्देश्य रहेको बताए। यस योजनाको प्रतिक्रिया स्वरूप, समुदायका सदस्यहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।
उनीहरूले यस प्रकारको सहयोगले न केवल वित्तीय सहयोग प्रदान गर्दछ, तर यसले समाजमा बराबरीको भावना पनि सुदृढ गर्दछ भन्ने बताए। नगरपालिका भविष्यमा यस प्रकारका थप कार्यक्रमहरू अघि बढाउने योजना राखेको छ, जसले विभिन्न समुदायहरु माझ समानता र सहभागिता बढाउने छ । यसअघि आर्थिक वर्ष २०७९÷०८० मा गरुडा नगरपालिकाले छोरीको बिहेका लागी एक सयभन्दा बढीलाई अवस्था अनुसार जनही २०÷२५ हजारका दरले आर्थिक सहयोग गरेको नगर प्रमुख जैसवालले जानकारी दिएका छन् ।
साक्षरतामा देशकै पुच्छारमा रहेका रौतहटमागरीबी पनि त्यत्तिकै भएकाले यस आर्थिक वर्षमा गरिब, दलित, बिप्पनको छोरीको बिहेमा सहयोगको लागी नगरपालिकाबाट बढि नभए पनि केहि सहयोग होस भनि उदेश्य लिएको नगर प्रमुख जैसवालले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेबाट निर्वाचित गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाललले जनतालाई धेरै आर्थिक भार पर्न नदिन नगरबाट दिइने सेवाहरुमा थप सहयोग गर्ने बनाइएका छन । नगर प्रमुख जैसवालले यस प्रकारका उपक्रमले समुदायको विकास तथा सद्भाव बढाउन सहयोग पुर्याउनेछ भन्ने विश्वास नगर प्रमुख जैसवालले व्यक्त गरेका छन्।