रौतहट,२३ वैशाख । दाईजो लेनदेन र घरेलु हिंसालाई नेपाली कानून र समाज दुबैले अपराध मानेपनि वीरगंज निवासी राज किशोरले समाज र कानूनलाई बेवास्ता गर्दै आफ्नो कान्छो छोराको दोस्रो बिहे गराउन केटी खोजिरहेको खबर प्राप्त हुन आएको छ।
प्राप्त जानकारी अनुसार राजकिशोरले आफ्नो छोरा ऋतुराजको लागि बिहार राज्यको सिवान जिल्लाको बाबुनिया निवासी एक धनाढ्यकोे मुंबई बस्ने कामकाजी युवती खोजेर ७५ लाख भारू दाईजोकोे रूपमा असूल गरी बाराको सिमरा स्थित होटल इच्छामा भब्य रुपमा सम्पन्न भएको थियो। मिति २०७५ माघ २६ गते सम्पन्न भएको बिहेकोे सम्पूर्ण खर्च पनि बेहुली पक्षले नै व्यहोरेको थियो। बिहे भएको ३/४ महिना नबित्दै ऋतुराजले आफ्नो श्रीमतीसँग भएको तीस लाख रुपैयाँ हात पारी AUDY कारकोे माँग राखेर झमेला खडा गरी कोठामा आफ्ना अन्य युवक साथीहरुलाई बोलाएर श्रीमती सुनिता (नाम परिवर्तन) लाई मानसिक दबाब दिन थालेको आरोप लगाइएको छ।
ऋतुराजले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदकोे मुद्दा जिल्ला अदालत पर्सामा दायर गरेकाेमा उनकाे दावीलाई अदालतले अस्वीकार गरेको थियो। अदालतमा सम्बन्ध विच्छेदकोे मुद्दामा आफ्नो हकमा फैसला नभए पछि पनि बिहेको निम्ति राजकिशोर कलवारले पुनः आफ्ना कान्छा छोराकोे बायो डाटा बजारमा बाँडेर अर्को केटीको खोजीमा रहेको चर्चा प्रतिष्ठित कलवार समाजभित्र चल्न थालेको छ। वीरगंजकोे रैथाने कलवार समाजले राजकिशोरलाई पहिले बिहे गरी भित्र्याएको बुहारीसँग थप दाईजो र अनावश्यक लाभकालागि दबाव दिनुको सट्टा मिलेर बस्नुको सट्टा दाईजोकालागि मारिहत्ते गरेको देख्दा थु-थु गर्दै हिँडेको भएता पनि राजकिशोरले छोरा ऋतुराजकोे बिहेकोे लागी केटी खाेज्दै हिँडिरहेका छन् ।
ऋतुराजले बिहे गर्नु भन्दा अगाडी २०७५-१-२३ गते राजकिशोरले आपसमा अंशबण्डा गरेको लिखत पारित गरि आपसी समझदारीमा भिन्दै बसेको भन्दै ऋतुराजकोे नाउँमा कमसल जग्गा भागमा पारी २०७६-७-१५ गते मिलापत्र गरेको तथ्यले बाउ छोरा दुबैकोे नियत गलत भएको देखेर अदालतले मिलापत्र बदर दर्ता हक कायम को फैसला गरेको थियो। केटी पक्ष भारतीय भएको र हाल बिहारकोे राजधानी पटना बस्दै गरेकोले उनीहरुकोे नेपालमा पहुँच नपुग्ने र आफ्नो राजनीतिक कनेक्सनको आधारमा मनपरी गर्ने राजकिशोरकोे बुझाइ रहेको छ। यस सन्दर्भमा संचारकर्मीले राजकिशोर सँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।