वीरगंज,२३ वैशाख। १० किलो लागु औषध गाँजा सहित पर्सा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिरांङ गा.पा. वडा नं. २ बस्ने ४२ वर्ष कि ईन्द्र कुमारी चेपाङ्ग र सोहि स्थानकी फुलमाया स्याङ्बो रहेकी छन्। शनिबार अन्दाजी ०९:१५ बजे पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमानचोकमा प्रहरी चौकी परवानिपुरबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको हो।
सवारी साधन चेकजाँच गर्ने क्रममा नारायणगढ चितवनबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक बसमा चेकजाँच गर्दा उक्त बसको पछाडीको सिटमा बसेका महिलाहरूको छेउमा राखिएको पिठ्युमा बोक्ने कालो रंङको २ वटा झोला खानतलासी गर्दा उक्त झोला भित्र हरियो प्लाष्टिकले बेरी लुकाई छिपाई राखिएको लागु औषध गाँजा १० किलो फेला परेको जनाइएको छ।
उक्त लागु औषध गाँजा र निजहरुलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीको बिज्ञप्तिमा उल्लेख गरिएको छ।