आवत जावतमा कठिनाई उत्पन्न भएपछि युवाहरु ले बाटोमै धान रोपे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ९, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
आवत जावतमा कठिनाई उत्पन्न भएपछि युवाहरु ले बाटोमै धान रोपे


राजेन्द्र महतो लहान असार ९ गते
सिरहाको धनगढिमाई नगरपालिका (१२ नईनपुर ठटीया सडक मा स्थानीय युवाहरूले धान रोपेका छ्न।
सडक को स्तर उन्नती गर्नेक्रममा सडकमा कालोपत्रे गर्ने क्रममा डोजरले खनेको खाल्डो नपुरेपछी स्थानीय युवाहरु तातिएर बाटो मै धान रोपेका हुन्।
ठटीयातीर जाने सडकको कालोपत्रे गर्ने क्रममा डोजरले स्थानिय गंगाई महतो र निर्मल यादबको घर अगाडि खनेको खाल्डो नपुरेपछि करिब ५ फिट गहिरो खाल्डोको कारण आवत जावतमा कठिनाई उत्पन्न भएपछी स्थानीय युवाहरु ले त्यहा बाटोमै धान रोपेका छ्न।
बाटोको अवस्थाको बारेमा स्थानिय वडा अध्यक्ष राजु श्रेष्ठलाई पटक पटक जानकारी गराउँदा आलटाल गरेको र मेयर हरिनारायण चौधरीलाई भेट्न जाँदा कार्यालयमा नभेटेको युवा रमेश यादबले आरोप लगाएका छ्न।
जनप्रतिनिधिलाई बजेटले पुगेन, धान फलाएर बाटो बनाउँछौं त्यसैले बाटोमा धान रोपेको स्थानिय विरेन्द्र महतोले बताएका छन।
युवाहरु ले बिहान ७ बजेदेखि सडकमा धान रोपेर बाटोमा ढुंगा मुढा तेर्साएर बाटो अवरुद्ध गरेका छन।
बाटोको बारेमा ध्यान नदिए वडा कार्यालय समेत घेराऊ गर्ने स्थानिय युवाहरुले बताएका छ्न।

ताजा अपडेट

खोजी गर्नुहोस