कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (१२ घण्टा अघि)
  • ९१ पटक पढिएको
कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी

काठमाडौं, २२ चैत्र । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२औं नम्बरमा रहेको छ ।

यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो ।

त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए ।

आज दुवै तर्फका कांग्रेस नेताहरु अदालतमा भेट्ने भएका छन् । उपसभापति विश्व प्रकाश शर्मा बहसका लागि सर्वोच्च अदालत जाने भएका छन् ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि र निर्वाचन आयोगले मान्यता दिएपछि त्यसको विपक्षमा रहेका खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस