ट्रक अनियन्त्रित हुँदा मकवानपुरमा एकको मृत्यु, एक घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (७ घण्टा अघि)
  • ८९ पटक पढिएको
ट्रक अनियन्त्रित हुँदा मकवानपुरमा एकको मृत्यु, एक घाइते

काठमाडौँ, ११ चैत। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका मध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान करिब २ः५० बजे ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार दुई जना घाइते भएका थिए । घाइतेमध्ये वीरगञ्ज–३२ निवासी २० वर्षीय सन्तोष यादवको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अर्का ३२ वर्षीय कृष्ण यादवलाई थप उपचारका लागि भरतपुर पठाइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस