ठगी र लुटपाटमा संलग्न एक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (४ घण्टा अघि)
  • ८२ पटक पढिएको
ठगी र लुटपाटमा संलग्न एक पक्राउ

काठमाडौँ, ११ चैत। १४ लाख रुपैयाँ लुटपाट र नक्कली सुन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गाउँपालिका–७ घर भएका ३८ वर्षीय विजय मोक्तान भनिने धनबीर वाइबा छन् । उनलाई प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

गत फागुन १० मा चन्द्रागिरी बस्ने ५६ वर्षीया देवी श्रेष्ठलाई जग्गा किनबेचको बाहना बनाउँदै उनको कोठाबाट वाइबाले १४ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

यो घटनामा अनुसन्धान गर्दा ९ चैतमा वाईबालाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो । अर्जुन श्रेष्ठले सञ्चालन गरेको होटल तपोवन २ को कोठा नम्बर १०५ बाट उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनको साथबाट आधा किलो नक्कली सुन भेटिएको छ । ३ थान मोबाइल र नबील बैंकको चेक पनि बरामद भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस