मधेसमा तनावको आशंकामा प्रहरीको विशेष निगरानी, सूचना संकलनमा जोड

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १४, शनिबार (१३ घण्टा अघि)
  • १११ पटक पढिएको
मधेसमा तनावको आशंकामा प्रहरीको विशेष निगरानी, सूचना संकलनमा जोड

जनकपुरधाम, १४ चैत। देशमा उत्पन्न राजनीतिक गतिविधिलाई मध्यनजर गर्दै मधेसमा उच्च सतर्कता अपनाउन प्रहरी हेड क्वाटरको निर्देशक भएको छ । पूर्व प्रधानमन्त्री केपी ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि प्रहरी मुख्यालयले मधेस प्रहरीलाई हाइ अलर्टमा बस्न सकुर्लर जारी गरेको छ ।

शनिबार बिहानदेखि नै हाइ अलर्टमा रहन सर्कुलर भएको मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलियाका अनुसार आजदेखि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर जारी भएको हो ।

पछिल्लो समय देशमा उत्पन्न विकसित अवस्था र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मदेश प्रहरी र मातहतका प्रहरी युनिटहरूलाई हाइ अलर्टमा बस्न भनिएको डिआइजी थपलियाले बताए ।उनका अनुसार प्रहरी मुख्यालयको उक्त निर्देशन पछि  अहिले सूक्ष्मरुपमा सबै गतिविधि नियाल्ने काम भइरहेको छ ।

उनी भन्छन्, ‘आजदेखि हामी सबै राजनीतिक गतिविधि बारे सूक्ष्म हिसाबले सूचना लिने काम सुरु गरेका छौ, बिहानको निर्देशन पछि ८ वटै जिल्लाका प्रहरी प्रमुख (एसपी)साबहरुबाट समन्वय हिसाबले प्रहरी खटाउने कार्य चलिरहेको छ । हाइ अलर्टमा बसेर कडा निगरानीका साथ प्रहरी सक्रियता बढाइको छ ।’  यसको साथै आजदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको उनले जनाए ।

करिब सात महिना अगाडि (भदौ)मा भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार पूर्व प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक पक्राउ परेका छन् ।

यही विकसित राजनीतिक घटनाक्रमले  मधेसमा पनि सुरक्षा चुनौती बढ्ने आशंका गरिएको मधेस प्रहरीले जनाएको छ । पक्राउको विरोधमा प्रदर्शन र आन्दोलनलगायतका कार्यक्रम हुने देखिएपछि मधेस प्रदेशमा पनि हाई अलर्ट जारी भएको डिआइजी थपलिया बताउँछन् ।

मधेस प्रदेशमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरी ८ वटा जिल्ला छन् । यी ८ वटै जिल्लामा गरी १० बढी प्रहरी जनशक्ति रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस