
सुर्खेत, १९ चैत। १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा परिवारले २७ दिनपछि शव बुझेका छन् । भेरी पुल नजिकको सम्झिघाटमा बिहीबार दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
इनिशा फागुन २३ गते वीरेन्द्रनगर–१ मा मृत फेला परेकी थिइन् ।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।
