प्रचण्ड : जाँचबुझ आयोगको समय पटकपटक सार्नु गलत हो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १३, बिहिबार (२ हप्ता अघि)
  • १४० पटक पढिएको
प्रचण्ड : जाँचबुझ आयोगको समय पटकपटक सार्नु गलत हो

काठमाडौं, १४ फाल्गुन। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगको समय थप हुनु गलत भएको टिप्पणी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

जाँचबुझ आयोगको प्रतिवेदन समयमै आउनुपर्ने उनको भनाइ छ ।

‘आयोगको प्रतिवेदन समयमा नै आउनुपर्थ्यो । एकपटक सार्‍यो त्यो मान्न सकिने कुरा हो । गर्दागर्दै भ्याइएन होला । दुईपटक पनि मोटामोटी त्यस्तै पर्‍यो कि भन्न सकिने कुरा हो ।’

प्रचण्डले थप भनेका छन्, ‘तर तीनपटक र अझ अब चुनावपछि भन्ने कुरा गलत भएको छ । दोषी ठहर गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्थ्यो । ढिलासुस्ती गर्ने र समय सारेर चुनावपछि गर्ने कुरा विल्कुल सही भएको छैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस