प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते, अस्पताल भर्ना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १४, शनिबार (१० घण्टा अघि)
  • १०८ पटक पढिएको
प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते, अस्पताल भर्ना

काठमाडौँ, १४ चैत। अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी चार्चका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् ।

माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको छ । आफूसहितका प्रदर्शनकारीमाथि प्रहरीले लाठी बर्साएको फुयालले बताए ।

सँगै रहेका महनगर  बस्ने युवराज ‌ओलीको टाउकोमा नै लाठी लागेको उनले जानकारी दिए । लाठी लागेर रगतपच्छे भएपछि उनलाई नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको फुयालले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस