बागलुङमा हजार दरका नक्कली नोट बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (४ घण्टा अघि)
  • ७७ पटक पढिएको
बागलुङमा हजार दरका नक्कली नोट बरामद

बागलुङ, ११ चैत। बागलुङ बजारमा एक हजारका नक्कली नोट फेला परेका छन् । सेवाग्राहीले जम्मा गर्न ल्याएको रकम नक्कली भएको पाइएको हो।

नेपाल लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले बागलुङ बजारका विभिन्न बैंकमा १८ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेको बताए।

बागलुङ स्थित नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकमा जम्मा गर्न ल्याइएका एक हजारका नाेट नक्कली फेला परेका उनको भनाइ छ।

कतिपय नम्बरका नोट दोहोरो फेला पर्न थालेकाले सचेत रहन आग्रह गरिएकाे छ । नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरनै एउटै पाइएको कुवँरले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस