मन्त्रिपरिषद् विस्तार, गौरी र रामजी मन्त्रीमा नियुक्त हुँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २७, शुक्रबार (१ दिन अघि)
  • ९३ पटक पढिएको
मन्त्रिपरिषद् विस्तार, गौरी र रामजी मन्त्रीमा नियुक्त हुँदै

काठमाडौं, २७ चैत। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

दुई जनालाई मन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ । यसअघि हिजोमात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।

मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् । रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।

रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस