रास्वपाका पुष्पा चौधरी सप्तरी–१ मा विजयी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २३, आईतबार (६ दिन अघि)
  • ८६ पटक पढिएको
रास्वपाका पुष्पा चौधरी सप्तरी–१ मा विजयी
सप्तरी, २४ फाल्गुन । सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर-१ बाट  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरी फराकिलो मतान्तरले विजयी भएकी छन् ।
उनले ३८ हजार १ सय ९५ मत ल्याइन् ।  दोस्रो बनेका स्वाभिमान पार्टीका सुमितकुमारले ७ हजार ८ सय ४७ मत ल्याउँदा कञ्चनरुप नगरपालिका–११, की ३६ वर्षीया चौधरीले ३० हजार ३ सय ४८ मतान्तरले निर्वाचित भएकी हुन् ।
यस्तै नेकपा एमालेका सुमनराज प्याकुरेलले ७ हजार ६ सय ५२, नेपाली कांग्रेसका रामदेव साह (तेली)ले ६ हजार ९ सय ९४, जयकान्त राउतले ४ हजार ८ सय ३३ मत ल्याए ।
जनता समाजावादी पार्टी नेपालका श्यामसुन्दर सरदारले २ हजार ५ सय ५८, नेपाली कम्युनिस्ट पार्टीका रवीन्द्र चौधरीले १ हजार ६ सय २६ मत ल्याए ।
कुल १ लाख १९ हजार ४३ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९ सय ६९ जनाले मतदान गरेका थिए। यसअघि सप्तरी–४ मा पनि रास्वपाका सिताराम साह ३६ हजार ४ सय १२ मत ल्याएर निर्वाचित भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस