रास्वपा समर्थकमाथि आरोप: धम्कीपछि हर्कको उजुरी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १६, सोमबार (१० घण्टा अघि)
  • ९१ पटक पढिएको
रास्वपा समर्थकमाथि आरोप: धम्कीपछि हर्कको उजुरी

काठमाडौं, १६ चैत। श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

साम्पाङले आज सोमबार सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै उजुरी दिएका हुन् । उनले खड्कालाई रास्वपाको समर्थक भएको उजुरीमा उल्लेख गरेका छन् ।

‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनको उजुरीमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस