विज्ञापन व्यवस्थापनमा कडाइ, सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १९, बिहिबार (१ दिन अघि)
  • ८८ पटक पढिएको
विज्ञापन व्यवस्थापनमा कडाइ, सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण

काठमाडौं, १९ चैत। तीनै तहका सरकारका विज्ञापन निजी सञ्चार माध्यमबाट प्रकाशन-प्रसारणमा बन्देज लगाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रायल, आयोग, ७ वटै मुख्यमन्त्री कार्यालय र देशभरका स्थानीय तहलाई पत्राचार गर्दै यो निर्णयको जानकारी गराएको हो ।

बुधबार गरिएको पत्राचारमा मितव्ययिता कायम गर्न र विज्ञापन तथा सूचना प्रकाशन/प्रसारणमा पारदर्शीता ल्याउन र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धका लागि यो निर्णय गरिएको उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस