सप्तरीमा नौ वर्षीया बालिकाको घाँटी रेटी हत्या,

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ५, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
सप्तरीमा नौ वर्षीया बालिकाको घाँटी रेटी हत्या,


नबिन यादब । सप्तरी । असार ०५ गते
सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलमा एक ९ वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । हिजो ९शुक्रवार० विहान घरबाट घाँस काट्न निस्केकी स्थानीय रामउद्गार यादवकी छोरी शिवानी कुमारी यादवको घाँटी रेटेर हत्या भएको हो । घर नजिकैको आँपको फुलबारीमा घाँटी रेटेर हत्या भएको अवस्थामा बालिकाको शव बरामद भएको छ । प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले बताए । शव पोष्टमार्टमको लागि धरान पठाइएको छ भने घटनाको सुक्ष्म अनुसन्धान थालिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस