सर्लाहीमा लाखौंको भन्सार छली सामानसहित ‘चश्माबाली’ पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २०, शुक्रबार (१२ घण्टा अघि)
  • १७३ पटक पढिएको
सर्लाहीमा लाखौंको भन्सार छली सामानसहित ‘चश्माबाली’ पक्राउ
सर्लाही, २० चैत । सर्लाहीमा भन्सार छलीको सामानहरु लोड भएको अटो रिक्सा सहित एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समयमा ठूलो संख्यामा तस्करी मौलाएपछि नयाँ सरकार आएपछि सशस्त्र प्रहरी चनाखो भएर कारवाहीमा उत्रिदा लाखौं मूल्य बराबरका अवैध सामानसहित अटो र एक महिला तस्करलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण सर्लाहीका अनुसार भारतबाट अवैध रूपमा ल्याइँदै गरेको किराना सामान बरामद गरिएको छ । विशेष सूचनाको आधारमा चन्द्रनगर गाउँपालिका–४ पोखरिया क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले सवारी चेकजाँचका क्रममा ज १ ह ४४५१ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा भन्सार छलीका सामानहरु सहित उनलाई पक्राउ गरिएको बताइएको छ ।
अटोबाट मरिच ३४ किलो, मैदा ७ बोरा, पाउडर दूध ४५ किलो, पेडा १३५ डिब्बा र चकलेट ३० डिब्बा बरामद गरिएको छ । अटोमा सवार सर्लाही ईश्वरपुर नगरपालिका–६ बयलवास निवासी करिब ३० वर्षीय बवी महतो (उपनाम ‘चस्मा बाली’) लाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
नियन्त्रणमा लिएका अटो र सामान आवश्यक कारबाहीका लागि मलंगवा भन्सार कार्यालय बुझाइएको छ । भन्सार कार्यालयका अनुसार अटोको मूल्य करिब ३ लाख ५० हजार र सामानको मूल्य १ लाख २७ हजार १२५ गरी ४ लाख ७७ हजार १२५ रुपैयाँ बराबरको सामान दाखिला गरियो ।
स्मरणीय छ, केही साता अघि महिला तस्कर चश्मावाली र सशस्त्र प्रहरीको असई घुमुवा सुरेश महतो बीच अडियो रेकर्ड तराई टप अनलाइनले ब्रेक गरेका थिए । तैपनि उनलाई कारवाही नगरेर जिल्लाको मुख्य घुमुवामा राखेर गणबाट नै अबैध रकम उठाउनमा व्यस्त गराइएको थियो ।
उक्त अडियो संवादमा असई महतोले भनेका थिए आफू सर्लाहीमा बसुनजेल सम्म तिम्रो अर्थात चश्मावालीको काम कसैले रोक्न सक्दैनन । त्यसपछि उनी व्यक्ति लामो समयदेखि त्रिभुवननगर नाकाबाट भन्सार छली गरी सामान भित्रर्याउने कार्यमा सक्रिय थिए ।
चश्मावालीलाई नियन्त्रणमा लिएका सुरक्षाकर्मीलाई गृह मन्त्रालय सम्म मेरो पहुँच रहेको छ, तिमिलाई यहाँबाट सरुवा गराइदिने, भिडियो बनाएर फसाइदिने तथा जागिर समेत खाइदिने धम्की दिएको श्रोतबाट बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस