सानो भर्‍याङ यातायात कार्यालयमा छापा, ७ बिचौलिया पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १७, मंगलबार (१० घण्टा अघि)
  • ८८ पटक पढिएको
सानो भर्‍याङ यातायात कार्यालयमा छापा, ७ बिचौलिया पक्राउ

काठमाडौं, १७ चैत। काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंगलबार सात बिचौलियालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं तारकेश्वरका ३१ वर्षीय सञ्जय राजवाहक, काठमाडौं रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछापको खाँडादेवी गाउँपालिका–७ का ३५ वर्षीय रमेश कार्की, धादिङको निलकण्ठ नगरपालिका–५ कि ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ३९ वर्षीय उद्धव खनाल छन् ।

उनीहरूबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनीहरूले सेवाग्राहीलाइै दुःख हैरानी दिने, बिलबुक नवीकरण गरिदिन्छु भन्दै सार्वजनिक सेवा प्रवाहमा बाधा अवरोध गरेको पाइएको एसएसपी थापाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस