सीमाबाट अवैध मदिरा सहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (१० घण्टा अघि)
  • १०० पटक पढिएको
सीमाबाट अवैध मदिरा सहित एक जना पक्राउ

रौतहट, २२ चैत्र । भारत–नेपाल सीमावर्ती क्षेत्रबाट ठुलो मात्रामा अवैध मदिरा बरामद गरिएको छ । मदिरा ओसारपसार भइरहेको सूचनाका आधारमा गरिएको संयुक्त गस्तीको क्रममा ठूलो परिमाणमा नेपाली मदिरा बरामद गरिएको हो ।

शनिवार साँझ करिब ७:१५ बजेतिर ७१ बटालियन एसएसबी मोतिहारीको इन्टेलिजेन्स सेटअपबाट प्राप्त विशेष सूचनाका आधारमा बीओपी झन्झरा र जितना प्रहरी चौकीको संयुक्त टोलीले विशेष गस्ती सञ्चालन गरेको थियो।

गस्तीका क्रममा भारततर्फ इन्टरनेशनल बाउन्ड्री पिलर नं. ३६३ नजिक, झन्झरा गाउँस्थित सैनिक रोडबाट करिब २०० मिटर भित्र नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएको अवस्थामा ३०० मिलिलिटरका १७५ बोतल (करिब ५२.५ लिटर) नेपाली मदिरा बरामद गरिएको ७१ औं बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले बताएका छन । सोही क्रममा एक मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा भारत, बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला, जितना थाना क्षेत्रको रेंगनिया गाउँ बस्ने २५ वर्षीय मुकेश गिरी रहेका छन्। उनी शंकर गिरीका छोरा रहेको मुख्यालय प्रवक्ता बिनित कुमार सिहले बताएका छन ।

बरामद गरिएको मदिरा र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि जितना प्रहरी चौकीमा बुझाइएको छ

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस