सीमामा बढ्दो तस्करी: सर्लाहीबाट ठूलो परिमाणमा सामान बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (६ घण्टा अघि)
  • ६९ पटक पढिएको
सीमामा बढ्दो तस्करी: सर्लाहीबाट ठूलो परिमाणमा सामान बरामद

सर्लाही, ११ चैत। सर्लाही जिल्लाका नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा अवैध तस्करी गतिविधि पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको पाइएको छ।

जिल्लाका संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाँडसर, सिमरा, मधुवनी र अर्नाहा लगायतका नाकाहरू हुँदै दैनिक रूपमा ठूलो परिमाणमा सामान ओसारपसार भइरहेको स्थानीय स्रोतहरूले बताएका छन् । सीमावर्ती बासिन्दाका अनुसार तस्करहरूले विशेष गरी राति र बिहानको समयमा चोर बाटो प्रयोग गरी सामान वारपार गर्ने गरेका छन्।

यसरी हुने अवैध कारोबारबाट दैनिक लाखौं रुपैयाँ बराबरको सामान नेपाल–भारतबीच आवतजावत हुने गरेको अनुमान गरिएको छ । यसैबीच, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सर्लाहीसँग जोडिएको हनुमाननगर नाकामा ठुलो परिमाणमा तस्करी सामान नियन्त्रणमा लिएको छ। एसएसबीको ५१औँ बटालियनले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा ३ हजार ५१५ केजी चाइनिज स्याउसहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका स्याउ र सवारीसाधनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भारतस्थित सोनवर्सा भन्सार कार्यालयमा बुझाइएको एसएसबीले जानकारी दिएको छ । सीमाक्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच थप समन्वय आवश्यक रहेको स्थानीयको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस