अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला ठमेलबाट पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (१ घण्टा अघि)
  • ७३ पटक पढिएको
अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला ठमेलबाट पक्राउ

काठमाडौँ, ११ चैत। काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् ।

ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना युगान्डाका महिलाहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार, ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो ।

बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लिल क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दु:ख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस