इरानको मिसाइल आक्रमण कुवेती तेल ट्यांकरमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १७, मंगलबार (९ घण्टा अघि)
  • ९८ पटक पढिएको
इरानको मिसाइल आक्रमण कुवेती तेल ट्यांकरमा

काठमाडौं, १७ चैत। इरानले दुबई बन्दरगाहमा गरेको मिसाइल आक्रमणमा एउटा विशाल तेल ट्यांकर जलेको छ।

कुवेतको तेल ट्यांकर जलेको र लामो समयदेखि आगो नियन्त्रणमा आउन नसकेको संयुक्त अरब इमिरेट्सका अधिकारीहरुले जनाएका छन्।

सामुद्रिक फायर फाइटिङ टोली आगो नियन्त्रणमा लिने प्रयासमा जुटेको छ। आक्रमणमा लाखौँ ब्यारेल तेल बोकेको जहाजको चालक दलका २४ सदस्य भने सुरक्षित रहेको बताइएको छ।

इरानको रिभोल्युशनरी गार्ड्सले कुवेतको तेल ट्यांकरमाथि आक्रमण गरिएको पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा पनि नआउने र होमुर्ज जलमार्गमा नियन्त्रण कायम राखिरहेमा इरानका ऊर्जा केन्द्रमा थप शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको केही समयमा इरानल कुवेतको जहाजमा आक्रमण गरेको हो।

यसलगत्तै विश्वबजारमा कच्चा तेलको मूल्य कम्तीमा ३ प्रतिशतले बढेको बताइएको छ। उता, इजरायलले लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको अनुसन्धान थालेको छ।

लेबनानको हेजबुल्लाह समूहविरुद्ध आक्रमण जारी राखेको इजरायलले शान्ति मिसनका कर्मचारीमाथि को बाट आक्रमण भयो भन्ने विषयमा अनुसन्धान गर्न लागेको जनाएको छ।

यसअघि हिजो भएको घटनापछि राष्ट्र संघले कडा शब्दमा आलोचना गरेको थियो।

 

ताजा अपडेट

खोजी गर्नुहोस