एमालेले काठमाडौंमा आज पनि प्रदर्शन सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १५, आईतबार (८ घण्टा अघि)
  • ८० पटक पढिएको
एमालेले काठमाडौंमा आज पनि प्रदर्शन सुरु

काठमाडौँ, १५ चैत। अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज पनि प्रदर्शन थालेको छ ।

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।

उनीहरू ओली पक्राउको विरोधमा देशका विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

एमालेका कार्यकर्ताहरूले हिजो (शनिबार) देखि नै प्रदर्शन थालेका थिए । शनिबार काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस