एमाले समर्थकहरूद्वारा कार्की आयोगको प्रतिवेदन जलाउँदै विरोध प्रदर्शन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १४, शनिबार (११ घण्टा अघि)
  • ९७ पटक पढिएको
एमाले समर्थकहरूद्वारा कार्की आयोगको प्रतिवेदन जलाउँदै विरोध प्रदर्शन

 काठमाडौँ, १४ चैत। पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरुले सडकमा प्रदर्शन सुरु गरेका छन् । जेनजी आन्दोलनको जाँझबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले टायर र कार्की आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गरेका हुन् । उक्त स्थानमा प्रहरीको उपस्थिति भने न्यून छ ।

एमाले कार्यकर्ताले पत्रकारलाई धम्कीपूर्ण भाषा समेत प्रयोग गरेका छन् । पत्रकारलाई उनीहरुको भनेका छन्, ‘देश जल्दा कहाँ थियौ ? अहिले किन खिच्या ? ब्याक हौ ।’

जेनजी आन्दोलनको जाँझबुझ गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा जाँझबुझ आयोग बनाएको थियो । चुनावपछि गठन भएको बालेन नेतृत्वको वर्तमान सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय हिजो गरेको थियो । सरकार गठन भएको पहिलो दिन नै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिए लगत्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउको प्रक्रिया सुरु गरिएको थियो ।

शनिबार बिहान ओली र लेखक पक्राउ परेपछि एमालेले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस