कर्णाली प्रदेशमा एमाले नेता मल्ल पक्राउ, बलात्कारको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १४, शनिबार (८ घण्टा अघि)
  • ९५ पटक पढिएको
कर्णाली प्रदेशमा एमाले नेता मल्ल पक्राउ, बलात्कारको आरोप

काठमाडौँ, १४ चैत। नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिला केही समयअघि माइतीघरमा अनशन पनि बसेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस