काठमाडौँ क्षेत्र नं ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (१ हप्ता अघि)
  • १५५ पटक पढिएको
काठमाडौँ क्षेत्र नं ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

काठमाडौं, २२ फाल्गुन। पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।

रास्वपाका सस्मित पोखरेलले ६ हजार ८३४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका प्रदीप पौडेलले दुई हजार २३१  र नेकपा एमालेका ईश्वर पोखरेलले एक हजार २०७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिइन्।

यसैगरी, क्षेत्र–१० मा सोही दलका प्रदीप विष्टले छ हजार ६६० मत प्राप्त गरेका निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्।

नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले एक हजार ५९ र नेकपा एमालेका विनोद श्रेष्ठले एक हजार एक  मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद (डीपी) अर्यालले दुई हजार ७०२ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसकी नानुमैया बाँस्तोलाले ४७० र नेकपा एमालेका अजयक्रान्ति शाक्यले ३६४ मत प्राप्त गरेको छन्।

ताजा अपडेट

खोजी गर्नुहोस