
काठमाडौं, २४ चैत्र । कास्कीको पोखरा महानगरपालिका २९ आदर्श चोकस्थित जयराम बाबा विश्वकर्मा सप्लायर्स भित्र पार्किङ गरी राखेको गाडीमा आगजनी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
चैत २० गते राति १ बजे प्रदेश २–०३००१ च ५००० नम्बरको गाडीमा आगजनी गरेको भन्दै प्रहरीले पोखरा महानगरपालिका वडा नं. २९ पटनेरी बस्ने २२ वर्षीय बिसान सुनारलाई गएराति पक्राउ गरेको हो ।
उनलाई रिठ्ठेपानीस्थित चन्द्रघाट नजिक जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा गएराति १० बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार सुनारलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
