गुल्मीमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (२ घण्टा अघि)
  • ७४ पटक पढिएको
गुल्मीमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु

गुल्मी, ११ चैत। गुल्मीमा टिप्परको ठक्करबाट एक जना वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका–१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्स्ट्रक्सनको टिप्परले पैदल हिंडिरहेकी ९२ वर्षीया धनि बुढाथोकीलाई ठक्कर दिएको थियोे ।

दुर्घटनामा बुढाथोकीको बायाँ खुट्टा र हातमा गम्भीर चोट लागेको थियो ।

उनलाई थप उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्युु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब निरीक्षक जगन्नाथ पाण्डेको कमाण्डमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

चालक र टिप्पर प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस