जिप दुर्घटनामा हुँदा डोटीमा २ जनाको घटनास्थलमै मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १०, मंगलबार (१२ घण्टा अघि)
  • ७४ पटक पढिएको
जिप दुर्घटनामा हुँदा डोटीमा २ जनाको घटनास्थलमै मृत्यु

डोटी, १० चैत। डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो ।

दुर्घटना राति करिब रााढे  १२ बजे भएको हो । प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ । मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

जिप मृतक सुबोध रोकायाले चलाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस