ज्वाइँ हत्या मुद्दामा ससुरा पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १०, मंगलबार (९ घण्टा अघि)
  • ८१ पटक पढिएको
ज्वाइँ हत्या मुद्दामा ससुरा पक्राउ

काठमाडौँ, १० चैत। रामेछाप जिल्लाको दोम्बा शैलुङ गाउँपालिका-४ मा आफ्नै ज्वाइँको हत्या गरी फरार रहेका एक वृद्धालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सोमबार ससुरालीमा कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङलाई बाटोमा हिँड्दै गरेका बेला ६० वर्षीय ससुरा वीरबहादुर तामाङले प्रहार गर्दा उनको मृत्यु भएको हो ।

घटनापछि फरार रहेका वीरबहादुरलाई मंगलबार बिहान करिब ७ः३० बजे सोही वडाको खारपानी भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो विवाद नदेखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि घटनामा प्रेमबहादुरको मृत्यु भएको छ । पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस