दुई दिनमा देवताल गाउँपालिकामा ६८० जनाले लगाए कोभिड खोप

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २५, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
दुई दिनमा देवताल गाउँपालिकामा ६८० जनाले लगाए कोभिड खोप

अमरेश कुमार पाण्डेय । देवताल बारा । फाल्गुन २५ गते
सरकारले दोस्रो चरणको खोप कार्यक्रमका अन्तर्गत ६५ बर्ष माथिका बृद्धहरुलाई तथा पहिलो चरणमा छुटेकाहरुलाई प्राथमिकतामा राखि सँचालन गरिएको छ। सोहि कार्यक्रममा अन्तर्गत बाराको देवताल गाँउपालिकामा १२८० कोभिड खोप लगाउने लक्ष्य राखिएको गाँउपालिका अध्यक्ष चन्दन सिंहले जानकारी गराउनुभयो।

दोस्रो चरणको खोप कार्यक्रमका अन्तर्गत देवताल गाउँपालिकामा हिजो देखि आज सम्म ६८० जना बृद्ध तथा पहिलो चरणमा छुटेकाहरुले पहिलो डोज लगाएका छन। र भोलि सम्म सँचालन हुने दोस्रो चरणको खोपमा लक्ष्य हासिल गर्न हामिले लागिपरेको जानकारी देवताल गाउँपालिकाका स्वास्थ्य इन्चार्ज शिव साहले दिएछन।

ताजा अपडेट

खोजी गर्नुहोस