
धनुषा, २४ फाल्गुन । धनुषा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव विजयी भएका छन् । ४१ हजार ६३७ मत ल्याएर उनी विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई उनले ३१ हजार बढी मतान्तरले पराजित गरेका हुन् ।
यादवले १० हजार १९८ मत ल्याए । त्यस्तै नेकपा एमालेका उमाशंकर अरगरियाले १० हजार १५३ तथा नेकपाका रामचन्द्र झाले ८ हजार ४०३ मत ल्याए । योसँगै धनुषाका जिल्लाका तीन निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ । क्षेत्र नम्बर १ बाहेक सबैको मतपरिणाम आइसकेको छ ।
