निर्वाचन आयोगको तयारी : चैत पहिलो साताभित्र सांसदलाई प्रमाणपत्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २४, सोमबार (१ दिन अघि)
  • १०२ पटक पढिएको
निर्वाचन आयोगको तयारी : चैत पहिलो साताभित्र सांसदलाई प्रमाणपत्र

काठमाडौं, २५ फाल्गुन । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरु चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको पहिलो साताभित्र समानुपातीकतर्फ निर्वाचित हुनेहरुलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरु सम्पन्न भइसक्ने जानकारी दिनुभएको हो ।

उहाले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताउनुभयो । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको प्रतिशतका आधारमा सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उम्मेदवारको नामावली सम्बन्धीत दलहरुसंग माग गरिने जानकारी दिनुभयो । त्यसपछि दलहरुबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरुको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उहाले बताउनुभयो ।

उहाले अभ्यासलाई निरन्तरता यसपटकपछि समानुपातिकतर्फको निर्वाचन कार्यक्रम अघि बढाइएको धारणा राख्नुभयो । प्रत्यक्षतर्फ निर्वाचित भएकाहरुलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ रास्वपाको अग्रता रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस