नेपाल शिक्षक संघ कटहरिया नगर समितिको अध्यक्षमा लक्षमण यादव चयन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ७, शनिबार (४ साल अघि)
  • १० पटक पढिएको
नेपाल शिक्षक संघ कटहरिया नगर समितिको अध्यक्षमा लक्षमण यादव चयन


आरके श्रीवास्तव। चैत्र ०७ गते। रौतहट।
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा शिक्षक संघको स्थानीय समिति विस्तार गरिएको छ। सो नगरपालिकाको वडा नम्बर एक स्थित रहेको माबि भसेड्वामा संघमा आवद्ध शिक्षकहरुको उपस्थिति रहेको थियो। शिक्षक संघ रौतहटका अध्यक्ष राम कृपाल यादवको अध्यक्षतामा सो बैठक बसेको थियो। बैठकबाट कटहरिया नगर कार्य समिति चयन गर्ने निर्णय गरेको थियो। जसअनुसार ११ सदसिय कार्य समिति गठन गरिएको हो । गठित समितिको अध्यक्षमा लक्षमण प्रसाद यादव ,महिला उपाध्यक्षमा नितु यादव ,उपाध्यक्षमा राजु कुमार यादव ,सचिवमा अजय कुमार कुशवाहा ,सचिव अर्थ लखिन्द्र कुमार दास ,सह सचिवमा जिया लाल दास ,महिला सहसचिबमा निरा झा ,सहसहचिव अर्थमा जितेन्द्र राय ,सहसचिव समावेशी अजय कुशवाहा ,होश्नारायण दास ,सदस्य रामाश्रे राय यादव सहितका व्यक्तिहरुलाई चयन गरिएको शिक्षक अजय कुशवाहाले जानकारी गराउनु भएको हो। सो अवसरमा संघका प्रदेश (२ उपाध्यक्ष राम मंगल यादव ,आधारभूत उचिडिहका प्रअ मुक्ति कुशवाहा ,माबि भसेड्वाका प्रअ सचिन्द्र प्रसाद यादव ,शिक्षक कपिलदेव यादव ,शंकर यादव सहितका शिक्षकहरुको सहभागिता रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस