पिंगलास्थानबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २४, मंगलबार (१ घण्टा अघि)
  • ८२ पटक पढिएको
पिंगलास्थानबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं, २४ चैत्र । प्रहरीले काठमाडौंको पिंगलास्थानबाट गोली चलाएर दुई जना लागूऔषध कारोबारी पक्राउ गरेको छ ।

उनीहरुको साथबाट किलो भन्दा बढी खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषध कारोबारी दुई जना भारतीय नागरिक र उनीहरुले प्रयोग गरेको गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ ।

विशेष सूचनाको आधारमा उनीहरुलाई पक्रन लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसरको टोलीले गएराति संयुक्त कारबाही चलाएका थिए ।

त्यसक्रममा गोली नै चलाउनुपर्ने अवस्था आइलागेको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस