पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (१ घण्टा अघि)
  • ५३ पटक पढिएको
पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

विराटनगर, ११ चैत। सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनका अनुसार आगलागीकाे कारण र क्षतिकाे विवरण संकलन भइरहेकाे छ ।

क्याफेकाे भान्साबाट सुरु भएकाे आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । इटहरी उपमहानगरपालिकाकाे दुई वटा दमकल जेनजी आन्दोलनका क्रममा जलेका कारण प्रयाेगमा छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस