बाराको चार वटै क्षेत्रमा रास्वपा उम्मेदवारको अग्रता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (१ हप्ता अघि)
  • १६५ पटक पढिएको
बाराको चार वटै क्षेत्रमा रास्वपा उम्मेदवारको अग्रता

कलैया, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारि मतगणनामा बारा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्।

 सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बारा निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार गणेश धिमालले हालसम्म ७ हजार ८ सय २३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीले २ हजार ४ सय ४३ र नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले १ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार चन्दन कुमार सिंहले ७ सय ३२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार बलबीर चौधरीले ५९० र जनता समाजवादी पार्मटी नेपालका उम्मेदवार रामकिशोर यादवले ४ सय २५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं. ३ मा उम्मेदवार अरविन्द साहले ११ हजार ६ सय ४० मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्मटी नेपालका उम्मेदवार रामबाबु कुमार यादवले १ हजार १८ र नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मंसुरले २ हजार ५ सय ९८ मत प्राप्त गरेका हुन् ।

क्षेत्र नं. ४ मा उम्मेदवार रहबर अन्सारीले ४ हजार ८ सय ७३ मत प्राप्त अग्रेका छन्  । नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ७ सय ९० र नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठले ७ सय ४१ मत प्राप्त गरेका छन् ।

बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ६३ जना तथा ४७ जना स्वतन्त्र गरी कुल ११० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचनमा जिल्लाभर करिब ७० प्रतिशत मत खसेको बताइएको छ। अहिले सबै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस