बारा–३ मा रास्वपाका अरविन्द साहको फराकिलो अग्रता, झन्डै ६ हजार मतले अघि

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (१ हप्ता अघि)
  • १६० पटक पढिएको
बारा–३ मा रास्वपाका अरविन्द साहको फराकिलो अग्रता, झन्डै ६ हजार मतले अघि

वीरगञ्ज, २२ फाल्गुन। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा बारा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ई. अरविन्द साहले फराकिलो अग्रता कायम राखेका छन् ।

पछिल्लो उपलब्ध जानकारीअनुसार हालसम्म १२,५८५ मतगणना भइसकेको छ । यसमा रास्वपाका अरविन्द साहले ७,३६३ मत प्राप्त गरेर अन्य प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि रहेका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार फरमुल्ला मन्सुरले १,५८७ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा नेपाल) का रामबाबु यादवले १,३६२ मत पाएका छन् । अन्य उम्मेदवारहरूको मत सङ्ख्या यस तुलनामा निकै कम देखिएको छ ।

बारा – ३ मा रास्वपाको मजबुत प्रदर्शनले मतदाताहरूमा परिवर्तनको चाहना र नयाँ अनुहारप्रति आकर्षण रहेको सङ्केत गर्छ । खल्ती डिजिटल वालेटका सह-संस्थापकसमेत रहेका इन्जिनियर अरविन्द साहले चुनावी अभियानमा ग्रामीण विकास, डिजिटल रूपान्तरण र परिणाममुखी राजनीतिमा जोड दिएका थिए ।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस