बौद्धबाट गोली र लागुऔषधसहित २ युवक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (२ घण्टा अघि)
  • ६१ पटक पढिएको
बौद्धबाट गोली र लागुऔषधसहित २ युवक पक्राउ

काठमाडौँ, ११ चैत। गोली र लागु औषधसहित काठमाडौंको बौद्धबाट दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा घर भएका २४ वर्षीय सुनिल शान्थल र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का २९ वर्षीय सुदीप बन्जारा छन् ।

उनीहरूलाई प्रहरी बौद्धको टोलीले पक्राउ गरेको हो । सान्थललाई २.२९ ग्राम लागु औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो । उनले उक्त खैरो हेरोइन बन्जाराबाट खरिद गरेको बताएपछि प्रहरीले बन्जारालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनको कोठा खानतलासी गर्दा १०.५१ ग्राम खैरो हेरोइन, डिजिटल तराजु र १ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस